नेपाली समय Loading...२०७७ माघ ४ आईतवार

‘बाहुबली’ पछि अर्को खतरनाक रोलमा खेल्दै प्रभास

  ‘बाहुबली’ मुवीबाट उच्च सफलता  प्राप्त गरेका प्रभासको अर्को फिल्म बन्दै छ l ‘बाहुबली’ सिरिजको अपार सफलतापछि हरेक दर्शकले टलिउड सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’को प्रतीक्षा गरिरहेका छन् । यो प्रतीक्षा यस कारणले कि ‘बाहुबली २’ पछि प्रभासको कुनै पनि फिल्म प्रदर्शन भएको छैन ।

बाहुबली पछि प्रभासको ‘साहो’ फिल्ममा जोडिएको रोचक तथ्य सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार ‘साहो’को दुबईमा केही सिनको सुटिङ भएको छ । यस सिनमा कार, बाइक र हेलिकोप्टर प्रयोग गरेर खतरनाक स्टन्ट सिन खिचिएको छ । अब फिल्मको सुटिङको तेस्रो सेड्युल प्रभास र श्रद्धाका साथ हैदराबादमा हुँदै छ । र, अन्तिम सुटिङ रोमानियामा हुने भारतीय मिडियाले बताएका छन् ।

भारतीय मिडियाका अनुसार फिल्म ‘साहो’मा ‘बाहुबली’को भन्दा तीन गुणा बढी स्टन्ट हुने बताइएको छ । “साहो”मा बलिउड अभिनेत्री श्रद्धा कपुर र प्रभास पहिलोपटक सँगै देखिँदै छन् । यो फिल्म टलिउडको सबैभन्दा ठूलो प्रोजेक्ट रहेको जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्