नेपाली समय Loading...२०७७ माघ ४ आईतवार

बेल्जियम सेमिफाइनलमा प्रवेश , ब्राजिल विश्वकपबाट बाहिरियो

बेल्जियम पाँच पटकको विजेता ब्राजिललाई हराउँदै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।

सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको बेल्जियमले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । शुक्रबार राति भएको खेलमा क्वार्टरपफाइनलमा बेल्जियमले बलियो टोली ब्राजिललाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको शुरुवातमा नै थियागो सिल्भाको प्रहार पोष्टमा लागेको थियो । उता, बेल्जियमले उत्कृष्ट काउन्टर अट्याकिङ खेलको नमूना प्रस्तुत गरेको थियो । १५ औँ मिनेटमा फर्नान्डिन्होले आत्मघाती गोल

गरेपछि ब्राजिल खेलमा पछि पर्यो । यो रुस विश्वकपको १० औं आत्मघाती गोल हो । फर्नान्डिन्होका म्यानचेष्टर सिटीका टिममेट डि ब्रुडेनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा रोमेलु लुकाकुले दिएको पासमा उनले डि बक्स बाहिरबाटै गोल गरे ।

खेलको ७८ औँ मिनेटमा रेनाटो अगस्तोले फिलिपे काउन्टिहोको पासमा गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि पनि अगस्तोले गोल गर्ने अर्को सुन्दर अवसर गुमाए ।तर, जर्मनीबाट सुरु भएको ठूलो टिमहरु घर फर्कने क्रममा रोकिएन । आइतबार नै उरुग्वेसँगै ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।

स्विडेन र इङल्यान्डबीच शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, ११ बजेर ४५ मिनेट जाँदा सुरु हुने खेलमा आयोजक रसिया र क्रोयशिया भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्