नेपाली समय Loading...२०७८ बैशाख ६ सोमबार

मेरो रणनीतिले काम गर्यो :रूसी प्रशिक्षक

काााठमाडौं- रसियाका प्रशिक्षक टानिस्लाव चेर्चेस्वेवले प्रिक्वार्टरफाइनलबाटै आफ्नो बाटो लाग्ने बनाउने आफ्नो योजना पूर्ण सफल भएको बताएका छन् । टाइब्रेकरमा नै रसियाले स्पेनलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो ।

टिमका प्रत्येक खेलाडीसँग आफूले व्यक्तिगत र विगतमा भन्दा धेरै कुरा गरेको सुनाउँदै उनले भने, “मैले बताएको थिएँ कि किन, कहाँ, के । यसले काम गर्‍यो तपाईँहरुले देखिहाल्नुभयो । मलाई लाग्छ, मेरो राणनीति लागू गरेको हुनाले मेरा खेलाडीहरु विजयी भए । मेरा खेलाडीहरुले मलाइ बुझे र आज मैले भने झैँ भयो, यो मेरो लागि गर्वको कुरा हो ।

पहिलोपटक यो राष्ट्र विश्वकपको क्वार्टरफाइनलमा पुगेकाले रसियाका लागि ऐतिहासिक रहेको छ । खेलअघि राष्ट्रपति भ्लादिमिर पुटिनले प्रशिक्षक चेर्चेस्वेवलाई फोन गरेका थिए । जितका कारण निकै खुसि मिलेको र अब आफू अर्को खेलमा केन्द्रित भइसकेको चेर्चेस्वेवले बताएका छन् ।

आयोजक रसियाले अब सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्ने छ , जो डेनमार्कलाई टाइब्रेकरमा हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । चेर्चेस्वेवले आफ्नो टीमले जित्न सक्ने सम्भावाना जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्