नेपाली समय Loading...२०७८ बैशाख ६ सोमबार

रोनाल्डोको पेनाल्टी मिस

काभ्रे । इरानसँग बराबरी खेलेको पोर्चुगलले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।
क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा मिस गरेका छन् l

भीएआर विवादले भरिएको खेल पोर्चुगलले इरानसँग १–१ को बराबरी खेलेको हो ।

भीएआरबाट नै दुबै इरानले पाएको पेनाल्टी र ८३ औं मिनेटमा रोनाल्डोको सम्भावित रातो कार्डलाई पहेंलोमा सीमित राख्ने रेफ्रीको निर्णय लिइएको थियो ।

खेलेको हाफको सुरुमा नै पोर्चुगलले पेनाल्टी पायो तर रोनाल्डोले उक्त पेनाल्डी मिस गरे l
पहिलो हाफको अन्तिम मिनेटमा पोर्चुगलले रिकार्डो करिस्माको गोलबाट अग्रता लिएको थियो ।

खेलको ८१ औं मिनेटमा फेरि भीएआर रिभ्यू भयो । इरानी खेलाडीको अनुहारमा हात पुर्याएपछि रोनाल्डोले रातो कार्ड पाउने सम्भावना थियो । तर, लामो भीएआर रिभ्यूबाट पहेँलो मात्र दिइयो ।

फेरि भीएआर रिभ्यूबाटै दोस्रो हाफको अन्तिम मिनेटमा इरानलाई पेनाल्टी दिइयो । पेनाल्टी सेडरिक सोयरेसको ह्याण्डबलमा दिइएको थियो, जसमा करिम अन्सरीफार्दले गोल गरे ।
पोर्चुगल उपविजेता बनेको छ l स्पेनले भने त्यही समयमा भएको अर्को खेलमा मोरक्कोसँग बराबरी खेलेको छ र स्पेन समूह बीको विजेता बन्न सफल भएको छ । अब नकआउट चरणमा पोर्चुगलले उरुग्वेसँग र स्पेनले आयोजक रसियासँग खेल्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्