राजदूत डा. निर्मलकुमार विश्वकर्मालाई राष्ट्रिय दलित आयोगको सम्मान
प्रकासित मिति : २० फाल्गुन २०७७, बिहीबार
प्रकासित समय : १९:३३
काठमाडौं। राष्ट्रिय दलित आयोगले दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत डा. निर्मलकुमार विश्वकर्मालाई सम्मान गरेको छ ।
बुधबार आयोगले लामो समयदेखि दलित आन्दोलनमा सक्रिय रहेका डा. विश्वकर्मालाई सरकारले १२ देशको प्रतिनिधित्व गर्ने गरी राजदूतमा नियुक्त गरेको भन्दै कदर पत्र सहित दोसला ओढाई आयोगले सम्मान गरेको हो ।
२०५८ साल गठन भएको दलित आयोगमा संवैधानिक हैसियत पाएपछि पहिलो पटक पदाधिकारी नियुक्त भएका छन्।
आयोगका अध्यक्ष देवराज विश्वकर्माले डा विश्वकर्मा लामो समयदेखि दलित समुदायको हक–हितका लागि सक्रिय रुपमा लागि परेको बताए । सिंग्रो समुदायको लागि नै गर्वको विषय भएको भन्दै अध्यक्ष विश्वकर्माले दलित समुदायको अधिकारका लागि डा विश्वकर्माको योगदान विर्सिन नहुने चर्चा गरे ।
प्रतिक्रिया दिनुहोस्