नेपाल दलित मुक्ति मोर्चा, ललितपुर जिल्लाको भेला सम्पन्न
दलित समुदायमाथि लादीएको सबै प्रकारका विभेदहरु विरुद्ध एकजुट हुनुको विकल्प छैन : प्रदेश संयोजक टेक बहादुर विश्वकर्मा
काठमाडौँ । दलित समुदायका बिभिन्न मुद्दाहरुमा कृयाशिल संगठन नेपाल दलित मुक्ति मोर्चाले ललितपुर जिल्ला प्रारम्भीक भेला सम्पन्न गरेको छ ।
कुपन्डोलमा रहेको पार्टि कार्यलयमा सम्पन्न भेलाले रोशन विशुन्केको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो । जसमा उमा विशुन्के, मनोज पुकोर्टी, पूर्ण बहादुर सार्की, पुस्कर विशुन्के, विकाश विश्वकर्मा, जीवन विःक, रमेश विश्वकर्मा लगाएतलाई सदस्यमा चयन गरेको छ ।
दलित समुदायमाथि दिनानुदिन बिभिन्न खाले जातिय बिभेदजन्य घटनाहरु घटिरहेको सन्दर्भमा भएको यस भेलालाई महत्वका साथ हेरिएको छ ।
रोशन विशुन्केको सभापतित्वमा सम्पन्न भेलामा नेेेेेकपा क्रान्तिकारी माओवादीका पार्टीका सेक्रेटरी क.श्याम के.सीको प्रमुख आतित्य तथा प्रदेश संमोजक क.टेक बहादुरको उपस्थिती रहेको थियो । उत्त कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा ३ नम्बर प्रदेश संयोजक टेक बहादुर विश्वकर्माले दलित समुदायमाथि लादीएको सबै प्रकारका विभेदहरु विरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताउनु भएको थियो ।