नबराज र उनका पाचजना साथीहरूको बुबाआमासग निरन्तर सडक आन्दोलनरत संयुक्त दलित राजनीतिक संघर्ष समितिको छलफल
प्रकासित मिति : २० पुस २०७७, सोमबार
प्रकासित समय : १२:२१
काठमाडौँ । रुकुम जाजरकोट हत्याकाण्ड–नवराज विःक लगाएत ६ जना युवाको न्यायको लागि काठमाडौँ अनामनगर स्थित युनिक फास्ट फुडमा संयुक्त राजनीतिक दलित संघर्ष समितीले परिवारलाई भेटेको छ ।
गत जेष्ढ १० गते नबराज विःक सहित गणेश बुढा ,सन्जु विःक ,गोबिन्द शाही ,लोकेन्द्र सुनार ,टिकाराम सुनारलाई हत्या गरि भेरि नदिमा फालिएको थियो । एक गैरदलित युवतीसँगको प्रेम र विवाहबाट सिर्जित यो घटना ईतिहास कै नरसंहारको रुपमा दलित समुदायले लिएका छन् । घटनामा पक्रिएका ३४ जना मध्ये ४ जनालाई रुकुम जिल्ला अदालतले ,४ जनालाइ उच्च अदालत सुखेतबाट धरौटीमा छुटिसकेका छन् ।
मृतकका परिवार आफ्ना छोराको हत्यारालाई कारवाहिको माग गदै विहिबार काठमाडौँ सम्म आए र विभिन्न विभिन्न अभियन्ता ,सचारकर्मी तथा न्यायलयको ढोका ढकढकाई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्