नेपाल दलित मुक्ति मोर्चा, काठमाडौंको भेला सम्पन्न
काठमाडौं । दलित समुदायका बिभिन्न मुद्दाहरुमा कृयाशिल संगठन नेपाल दलित मुक्ति मोर्चाले काठमाडौ जिल्लाको प्रारम्भीक भेला सम्पन्न गरेको छ ।
अनामनगरमा रहेको मोर्चाको कार्यलयमा सम्पन्न भेलाले सिताराम परियारको संयोजकत्वमा १८ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । भेलाले कुमार खाती लाई सहसंयोजक साथै टंक लकान्द्री, श्याम परियार, समीर मंग्राती, बेदराज दियाली, अन्जना विक, दिनेश ओड, सुजिता परियार, ललिता दानाकोटी, बिकास रसाइली, पुष्प मिजार, चन्द्र बिक, लगायतलाई सदस्यमा चयन गरेको छ ।
दलित समुदायमाथि दिनानुदिन बिभिन्न खाले जातिय बिभेदजन्य घटनाहरु घटिरहेको सन्र्दभमा भएको यस भेलालाई महत्वका साथ हेरीएको छ ।
शोभा बिश्वकर्माको सभापतित्वमा सम्पन्न भेलालमा क्रान्तिकारी माओवादीका केन्दीय सदस्य तथा काठमाडौै जिल्ला ईन्चार्ज शारदा महत ,पार्टी सेक्रेटरीको विशेष उपस्थिती रहेको थियो । उत्त कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा ३ नम्बर प्रदेस संयोजकको टेक बहादुर विकले दलित समुदायमाथी लादीएको सबै प्रकारका बिभेदहरु विरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताउनु भएको थियो ।
उक्त भेलामा मोर्चाका बिभीन्न जिम्मेवारीमा रहेका नेताहरुको समेत उपस्थिती थियो ।