नेपाली समय Loading...२०७७ माघ ८ बिहीबार

जातीय बिभेदको गालिसहित कुटपिट , प्रहरीमा जाहेरी दर्ता हुन सकेन

काठमाडौं । कैलालीको जानकी गाउपालिका ८ पालबजार स्थित ऐश्वर्या आधारभुत बिद्यालयकि अध्यक्ष शान्ती परियारलाई जातिय भेदभावपूर्ण शब्द प्रयोग गरि गालिगलौज सहित निर्घात कुटपिट भएको छ ।

प्राद्यापक नारायणी भट्टराई तथा बिद्यालयकि पुर्व व्यवस्थापन समितीको अध्यक्ष जानकि पुरिले परियारलाई जातिय भेदभावपूर्ण शब्द प्रयोग गरि गालिगलौज सहित निर्घात कुटपिट गरेका हुन् ।पिडित परियारले न्याय का लागि ईलाका प्रहरी कार्यालय टिकापुरमा जाहेरि मुद्दा दिएकि छिन । यद्यपि प्रहरीले जाहेरी मुद्दा दिएको चार दिन बितिसक्दा पनि मुद्दा दर्ता गरेको छैन ।

परीयार गत बर्ष ७६ पौष २९ गतकोे अभिभावक भेलाबाटसर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।अध्यक्ष भए पश्च्यात पाउनुपर्ने पदिय जिम्मेवारी हस्तान्तरण नगरेको र बिद्यालयमा भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको ठहर गरि लेखाजोखा माग्ने क्रममा पुर्व अध्यक्ष पुरी तथा प्र.अ भट्टराईले जातिय भेदभावपूर्ण शब्द प्रयोग गरी कुटपिट गरेको पिडीतले बताइन् । उनिहरू विरूद्ध प्रहरीमा ११ गते जाहेरी दिएकि हुन ।

प्रहरीले उत्त घटना सामान्य बिषय भएको भन्दै गाउँको बिषय गाउमै मिलाउनुपर्ने दबाब दिंदै मुद्दा दर्ता गर्न आनाकानि गरेको पिडितले बताईन् । प्रअ भट्टराई र पुर्व अध्यक्ष पुरी को कुटाई बाट परिडित परियारलाई मुख र टाउकोमा चोट लागेपछि उपचारका लागि टिकापुर अस्पतालमा लगिएको र अस्पतालले नेपालगन्ज मेडिकल अस्पतालमा रिफर गरेको थियोे ।

तीन दिनको उपचार पछि घर फर्किएकि परियारले आफु अन्यायमा परेको भन्दै न्यायका लागि ईलाका प्रहरी कार्यालय टिकापुरको ढोका ढकढक्यमउन पुगेकि थिईन । समाजसेवी हरूले जे जस्तो सल्लाह गर्छन सोही अनुसारको कानुनि कार्वाही गर्ने ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी उपरीक्षक सुदर्शन न्यौपानेले बताए पिडितले मुद्दा दर्ता गर्न भनेपछि हामी त्यसै गर्न तयार छौ तर गाउँको कुरा गाउँ स्तरबाटै मिलाउन तयार छौ भनेपछि हामी त्यसै गर्न तयार छौ प्रहरी उपरीक्षक न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्