नेपाली समय Loading...२०७८ बैशाख ६ सोमबार

रम्तेलद्वारा दलित आयोगमा सिफारिस पद अस्वीकार

काठमाडौं । संवैधानिक परिषदद्वारा राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस परशुराम रम्तेलले उक्त पद अस्वीकार गरेको घोषणा गरेका छन् ।
आइतबार उनले फेसबुकमार्फत संविधानको मर्म र भावना विपरीत संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी दलित आयोगमा आफ्नो सहमतिविना सिफारिस गरिएको उल्लेख गरेका छन् । ‘मेरो सहमतिविना मेरो नाम सिफारिस गरिएको छ, सहमतिविपरीत नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको असंवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु’ उनले भनेका छन् ।
 
गोरखाका रम्तेल पहिलो संविधानसभा सदस्य समेत थिए ।
 
प्रतिक्रिया दिनुहोस्